वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
पर्सा । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको छ । महानगरले सङ्कलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा रु चार करोड ४५ लाख ४३ हजार नौ सय ३० ले बढी हो ।
महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै रु ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व सङ्कलन गरेको बताए । ‘‘आर्थिक मन्दिले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व सङ्कलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ”, उनले भने, “आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो ।”
राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए । “गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व सङ्कलनमा पनि परेको छ”, उनले भने ।
महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । सो शीर्षमा महानगरले रु २० करोड छ लाख ८४ हजार राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरबहाल करबापत रु ११ करोड ७७ लाख ४४ हजार आम्दानी गरेको छ ।
चालु र पुँजीगत खर्च पनि उत्साहजनक छैन
महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ । महानगरले पुँजीगततर्फ रु एक अर्ब आठ करोड ९२ लाख विनियोजन गरेकोमध्ये सो अवधिमा रु ६८ करोड १० लाख रकम खर्च गर्न सकेको हो । त्यस्तै चालु खर्चतर्फ रु दुई अर्ब ५६ करोड ५८ लाख बजेट विनियोजनमध्ये एक अर्ब ७५ करोड ६९ लाख रकम खर्च गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण