गृहमन्त्री लेखकले दिए सभापति देउवालाई धन्यवाद
शनिबार, ०५ साउन २०८१, १८ : ३४
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएका छन् । असार ३१ मा गृहमन्त्री नियुक्त भएपछि लेखकले शुक्रबार प्रमुख सचेतकबाट राजीनामा दिएका हुन् ।
गृहमन्त्री लेखकले कांग्रेस पार्टी सभापति तथा दलको नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका थिए । प्रमुख सचेतका रूपमा सेवा गर्ने अवसर दिएकोमा सभापति देउवालाई गृहमन्त्री लेखकले धन्यवाद पनि दिएका छन् ।
२०७९ पुस १९ मा सभापति देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका थिए । उनले करिब १८ महिना प्रमुख सचेतकको भूमिका निर्वाह गरे ।
गृहमन्त्री लेखकले राजीनामा दिएसँगै कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भइसकेका छन् । शनिबार सभापति देउवाले घिमिरेलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण