काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित
काठमाडौँ । माल्दिभ्समा भइरहेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ ।
माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित गर्यो ।
यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागी च्याम्पियनसिपमा २ अङ्कसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अङ्कविहीन छ ।
पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।
अब शनिवारै हुने किर्गिस्तान र श्रीलङ्काबिचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ । किर्गिस्तान र श्रीलङ्का दुवैले यसअघि दुई खेल जित्दै समान ४ अङ्क जोडेका छन् । यी दुई बिचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्नेछ । सेमिफाइनलका दुवै खेल आउने सोमबार हुनेछ । फाइनल खेल मंगलबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण