आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा छुट्टै ब्यूरो स्थापना गरिने
आइतबार, ०६ साउन २०८१, १८ : ३५
काठमाडौँ । प्रहरीमा वित्तीय अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो गठन गरिने भएको छ । आर्थिक अपराध अनुसन्धान गर्न ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्यूरो’ स्थापन गर्ने योजना रहेको प्रहरी प्रवक्ता (डीआईजी) दान बहादुर कार्कीले बताए ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो गठन गर्ने योजना छ ।’
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र डिजीटल फरेन्सिक ल्याबलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकाश गरिने कार्कीले बताए । उनले भने,‘विधि विज्ञान प्रयोगशालाको सेवा प्रदेशस्तरसम्म क्रमशः विस्तार गरिने छ ।’
केन्द्रीय अनुसन्धान ब्यूरोमा शंकास्पदहरुको प्रोफाइलिङ गर्ने प्रणालीको क्षमता पनि अभिवृद्धि गरिने कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण