जुम्लामा ११ दिनको सुत्केरी र कुर्न आएकी बहिनीको निसास्सिएर मृत्यु
मङ्गलबार, ०८ साउन २०८१, ११ : ५५
सुर्खेत । जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।
मायालक्ष्मी ११ दिनको सुत्केरी हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीका अनुसार बच्चालाई सेक्नका लागि घरमा आगो बालिरहेको रहेछन् । उक्त आगोको धुवाँले निसास्सिएका थिए ।
घाइते अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको कामतीले रातोपाटीलाई बताए ।
उनका अनुसार दिदीको सोमबार र बहिनीको मंगलबार बिहान मृत्यु भएको हो । यस्तै ११ दिने बच्चाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चाको आइसियुमा राखेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण