जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौँ । काभ्रे र सुनसरी जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
काभ्रेको पनौती नगरपालिका-७ स्थित पनौती बसपार्क नजिक बस्ने दुर्गा बहादुर घलानको घरमा जुवातास खेलिरहेको अवस्थामा घलान समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ५५ रुपैयाँ र १ सय ६१ पत्ती तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका-८ सहिद टोल बस्ने पृथ्वीराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-८ बस्ने ४१ वर्षीय रविन गुरागाई समेत ७ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सीआरभी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ६ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण