जीर्ण बन्दै सुकुमबासीका लागि बनाइएका अपार्टमेन्ट, तस्बिरमा हेर्नुहोस्
_zCSHAXsDQJ.jpg)
काठमाडौँ । नागार्जुन नगरपालिकामा गरिब तथा सुकुमबासीका लागि सरकारले भव्य अपार्टमेन्टहरू बनाएको धेरै वर्ष बितिसक्यो । बागमती, विष्णुमती र मनहरा किनारका ‘सुकुमबासी’ले भने सो अपार्टमेन्टमा बस्न मानिरहेका छैनन् ।
सुकुमबासी र गरिब व्यक्तिहरूका लागि भनेर सरकारले चार वटा ठुला अपार्टमेन्ट बनाएको हो ।
सरकारले १२ करोड रुपैयाँ लगानी गरेर दुई स्थानमा निर्माण गरेका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् । काठमाडौँका नदी किनारमा रहेका सक्कली सुकुमबासीहरुलाई सुविधासहितको भवनमा व्यवस्थापन गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा ०६९ सालमा सरकारले यी भवनहरू बनाउने निर्णय गरेको भएतापनि सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा बनेको आवास काठमाडौँका वास्तविक सुकुमबासीले देख्नसम्म पाएका छैनन् ।
पूर्ण प्रयोगमा नआएर जीर्ण बन्दै गरेको सुविधा सम्पन्न अपार्टमेन्टका एउटा ब्लकमा भने नागार्जुन नगरपालिकाको वडा नम्बर १ को कार्यालय र अस्थायी पोस्ट रहेको छ भने एउटा बल्क मानव सेवा आश्रमले प्रयोग गरिरहेको छ ।
यसरी सुकुमबासी र गरिबहरूको लागि बनाइएका सो अपार्टमेन्टहरू पूर्ण रूपमा प्रयोग नहुँदा लेऊ, र झारले छोपिएको छ र जीर्ण समेत बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण
-
‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन, कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आयाे’
-
ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति