जीर्ण बन्दै सुकुमबासीका लागि बनाइएका अपार्टमेन्ट, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । नागार्जुन नगरपालिकामा गरिब तथा सुकुमबासीका लागि सरकारले भव्य अपार्टमेन्टहरू बनाएको धेरै वर्ष बितिसक्यो । बागमती, विष्णुमती र मनहरा किनारका ‘सुकुमबासी’ले भने सो अपार्टमेन्टमा बस्न मानिरहेका छैनन् ।
सुकुमबासी र गरिब व्यक्तिहरूका लागि भनेर सरकारले चार वटा ठुला अपार्टमेन्ट बनाएको हो ।
सरकारले १२ करोड रुपैयाँ लगानी गरेर दुई स्थानमा निर्माण गरेका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् । काठमाडौँका नदी किनारमा रहेका सक्कली सुकुमबासीहरुलाई सुविधासहितको भवनमा व्यवस्थापन गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा ०६९ सालमा सरकारले यी भवनहरू बनाउने निर्णय गरेको भएतापनि सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा बनेको आवास काठमाडौँका वास्तविक सुकुमबासीले देख्नसम्म पाएका छैनन् ।
पूर्ण प्रयोगमा नआएर जीर्ण बन्दै गरेको सुविधा सम्पन्न अपार्टमेन्टका एउटा ब्लकमा भने नागार्जुन नगरपालिकाको वडा नम्बर १ को कार्यालय र अस्थायी पोस्ट रहेको छ भने एउटा बल्क मानव सेवा आश्रमले प्रयोग गरिरहेको छ ।
यसरी सुकुमबासी र गरिबहरूको लागि बनाइएका सो अपार्टमेन्टहरू पूर्ण रूपमा प्रयोग नहुँदा लेऊ, र झारले छोपिएको छ र जीर्ण समेत बन्दै गएको छ ।
_R2347DDtjC.jpg)
_B31jcoZ73k.jpg)
_yjyEmzAgA8.jpg)
_bpy8nvH25E.jpg)
_MrDlff6YoR.jpg)
_mhdKyIty3n.jpg)
_ULURL7oiYA.jpg)
_zJcMIfKGpg.jpg)
_jYQxWWI7yl.jpg)
_jzVYSyAGgc.jpg)
_GHN6zwi1ic.jpg)
_U0WT4knHE0.jpg)
_19KUgVD48P.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण