सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर

सोमबार, ०८ असार २०८३, १४ : ३८
सोमबार, ०८ असार २०८३

काठमाडाैँ। बेलायती प्रधानमन्त्री कीर स्टार्मरले आफ्नो राजीनामाको घोषणा गर्ने क्रममा परिवारको प्रसङ्ग निकाल्दा भावुक बनेका छन् । १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गरिरहँदा उनी आफ्नी पत्नी र छोराछोरीको चर्चा चल्दा निकै भावुक र गला अवरुद्ध भएको अवस्थामा पुगेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । 

सम्बोधनका क्रममा स्टार्मरले प्रधानमन्त्रीको पदलाई देशको सबैभन्दा ठुलो जिम्मेवारी को संज्ञा दिँदै अब सो पदबाट बाहिरिएपछि आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी निभाउन समय खर्चिने बताए।

 आफ्नी पत्नी भिक्टोरिया (भिक) प्रति आभार प्रकट गर्दै उनले भने, 'म अब आफ्नी शानदार पत्नीका लागि एक असल श्रीमान् बन्नेछु, जो मेरो जीवनको राम्रो र नराम्रो दुवै समयमा चट्टान झैँ अडिग भएर मेरो साथमा रहिन्।'

आफ्ना छोराछोरीलाई आफ्नो गर्व र खुसीको स्रोत बताउँदै उनले अबका दिनमा उनीहरूका लागि एक उत्कृष्ट बुबा बन्ने प्रतिबद्धता समेत जनाए।

 

देशको सर्वोच्च कार्यकारी पदमा रहँदा परिवारलाई पर्याप्त समय दिन नसकेको सङ्केत गर्दै उनले अबको समय पूर्ण रूपमा परिवारमा समर्पित गर्ने इच्छा व्यक्त गरे।

आफ्नो मन्तव्य टुङ्ग्याएपछि स्टार्मरले पत्नी भिक्टोरियालाई भावुक मुद्रामा अङ्गालो हालेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप