सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदे खोला नजिकै सडक भासियो
मङ्गलबार, ०८ साउन २०८१, १८ : ०५
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ५ हिउँदे खोला नजिक सडक भासिएको छ । सडक डिभिजन कार्यालय पाल्पाले निरन्तरको वर्षाले उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको जनाएको हो ।
सडकको तल्लो भागमा रिटेनिङ वाल र माथिल्लो भागमा सडक चौडा गरेको भएपनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए ।
सडक भासिए पनि यातायात भने सुचारु छन् । यो खण्डमा दुई वर्ष अगाडि पनि सडक भासिँदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो । अहिले फेरि सडक भासिँदा यात्रु र सवारीसाधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण