प्रेस काउन्सिल नेपालले भन्यो– तथ्यको पुस्ट्याइँ बेगर हतारमा समाचार सामग्री सम्प्रेषण नगर्नु
काठमाडौँ । प्रेस काउन्सिल नेपालले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे एउटै समयमा जहाज कम्पनीको नाम, यात्रु र मृत्यु हुनेको सङ्ख्याबारे फरक फरक तथ्यका समाचार सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार भएको जहाज दुर्घटनाका विषयमा विभिन्न सञ्चारमाध्यमबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या एउटै समयको न्युज पोस्टमा फरक फरक तथ्य सम्प्रेषण भएको एवं कतिपय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण समेत भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘समाचार सम्प्रेषणका क्रममा आधिकारिक तथ्यको पुस्ट्याइँ बेगर हतारमा सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिल सम्पूर्ण सञ्चार माध्यम, पत्रकार, सामाजिक सञ्जालका प्रयोगकर्तालाई हार्दिक अनुरोध गर्दछ’, काउन्सिलले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण