एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, १० साउन २०८१, ११ : २४
काठमाडौँ । आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
हिजो सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ थियो । जुन, आज १ लाख ४५ हजार रुपैयाँ कायम हुँदै कारोबारमा आएको हो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ ।
सुनको मूल्य घटेको दिन चाँदीको मूल्यमा समेत ठुलो गिरावट आएको छ । हिजो बुधवार तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो प्रतितोला ५५ रुपैयाँको गिरावट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण