भारतबाट एक अर्बको आलु आयात
बाँके । बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।
आलु आयातबाट आव २०७९/८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०/८१ मा रु २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए । अघिल्लो आवको तुलनामा गत आवमा रु १३ करोड राजश्व वृद्धि भएको छ ।
पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए । उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण