लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता फेर्ने प्रयास असफल
बिहीबार, १० साउन २०८१, २२ : १९
बुटवल । नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै पेस भएको निवेदनलाई प्रदेशसभाले मान्यता नदिएपछि दलको नेता फेर्ने निर्णय असफल भएको हो ।
प्रदेशसभाले आज उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै रहको उल्लेख छ। दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेको उल्लेख छ ।
संसदीय दलका नेता धर्मबहादुर चौधरीले यसअघि राजकुमार चौधरी दलको नेता भएको प्रचार गतल भएको बताए। उनले आफू नै संसदीय दलको नेता भएको प्रदेशसभाबाट प्रमाणित भएको समेत खुलाए ।
यसअघि साउन ७ गते संसदीय दलका नेता राजकुमार चौधरी भएको उल्लेख गर्दै समाचार बाहिर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण