गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु
शुक्रबार, ११ साउन २०८१, ०९ : २१
बुटवल । गुल्मीमा निस्ती खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–२ निवासी ३१ वर्षका बोमबहादुर कार्कीलाई गत साउन ५ गते निस्ती खोलाले बगाएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडा नम्बर–४ दोभानस्थित छल्दी खोला किनारमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शङ्कर पोखरेलले बताए ।
उनी इस्मा गाउँपालिका–१ स्थित खेतबाट फर्किने क्रममा खोला तर्दा बगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण