राष्ट्र बैंकले लियो लघुवित्त मर्जरको रणनीति
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने गरी रणनीति अघि सारेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरू तथा तीनका शाखाहरू बिचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने बताएको हो । यद्यपि मर्जर तथा प्राप्तिको मोडालिटी, सहजीकरण र प्रोत्साहनको रणनीति भने कसरी गर्ने राष्ट्र बैंकले बताएको छैन ।
हाल देशैभर सञ्चालित घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूको सङ्ख्या ५५ वटा रहेको छ । सङ्ख्यात्मक रूपमा धेरै भए पनि गुणात्मक (पर्फमेन्स) मा राम्रो गर्न नसकिएको निष्कर्षसहित राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था मर्जरको नीति अघि सारेको हो । मर्जरले संस्थाको पुँजी वृद्धि गर्नुका साथै लगानी र प्रतिफलमा थप सुधार आउने राष्ट्र बैंकको बुझाइ छ ।
उसो त यसअघि क र ख वर्गका बैंकहरुलाई फोर्स मर्जरको नीति लिएको बैंकले ३१ वटा वाणिज्य बैंकलाई मर्जर गरेर २० वटामा झारेको छ भने चुक्ता पुँजीमा एक बैंकको २५ देखि ३० अर्ब रुपैयाँ पुगिसकेको छ । यसले एउटै बैंकले पनि ठुलो परियोजनामा लगानी गर्न सहज भएको केन्द्रीय बैंकको तर्क छ । यसैगरी ४ दर्जन भन्दा बढी रहेका विकास बैंकहरु समेत मर्जर गर्दै हाल १७ वटामा झारी सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण