होलीमा माछा मार्दा डुबेर एक पुरुषको मृत्यु
शुक्रबार, ११ साउन २०८१, २२ : १९
दमक । झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए ।
उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकामा मुर्मूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण