प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले मतदाता नामावली संकलन गर्दैै
काठमाडौं– २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन हुन बाँकी रहँदै निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने योजना बनाएको छ । आयोगले साउन पहिलो साताबाट ५ वटै प्रदेशमा जिल्ला निर्वाचन कार्यालयमार्फत नामावली संकलन गर्ने योजना बनाएको हो ।
आयोगले साउन पहिलो हप्ताबाट अघिल्लो मतदाता नामावली संकलनकाबेला छुटेकाहरुको पुनः नाम संकलन गर्न लागेको हो । नेपाली नागरिकताको प्रमाणपत्र बनाएका र १८ वर्ष उमेर पूरा गरेका नागरिकहरुले जिल्ला निर्वाचन कार्यालय मार्फत आफ्नो नाम दर्ता गर्न पाउने व्यवस्था गर्न लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार यसबारे आयोगले छिट्टै औपचारिक निर्णय गर्दैैछ ।
प्रवक्ता शर्माले भने–‘प्रदेशसभा र प्रतिनिधि सभा चुनावको प्रयोजनका लागि मतदाता नामावली संकलन गर्न लागिएको हो । यो स्थानीय तहको चुनावका लागि भने होइन, यसबारे आयोगले छिट्टै निर्णय गर्दैछ ।’
आयोगले अघिल्लो पटकको जस्तो घर घरमा नामावली संकलन भने नगर्ने भएको छ । छुटेका मतदाता थोरै भएको र आयोगलाई स्थानीय तहमा पुगेर नामावली संकलन गर्न समय लाग्ने भएकोले जिल्ला निर्वाचन कार्यालय मार्फत संकलन गर्ने आयोगको तयारी छ ।
आयोगले २ नम्बर प्रदेशमा पनि प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने भएको छ । यो प्रदेशमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भने यसअघि मतदाता नामावलीमा नाम रहेकाहरुले मात्र मतदान गर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण