मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयो : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिए पनि त्यो कागजमा मात्र सीमित भएको बताएका छन् ।
शनिबार राजधानी काठमाडौँमा भएको मानव अधिकार संरक्षण सम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताएका हुन् ।
उनले भने, ‘हामीले संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौँ । सम्पत्तिको हक लेख्यौँ, समानताको हक लेख्यौँ, स्वास्थ्यको हक लेख्यौँ, यातना विरुद्धको हक लेख्यौँ, सूचनाको हक लेख्यौँ ।तर हकका कुरा लेखिए पनि गाउँ समाजमा एउटा मान्छेले बाच्नको लागी आत्मसम्मान पाइरहेको छैन । संविधानमा लेखिएका ती हकहरूले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम ?’
साथै उनले सबैखाले हकहरूको सार हाम्रो समाज भएको बताए । उनले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भनेमात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे ।
शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभूत गर्नुपर्ने बताए । उनले भने, ‘वकालत गर्न सबै नागरिकलाई समानता प्रदान राज्यले गर्नुपर्छ । तर हरेकलाई अवसर दिलाउन सकिरहेका छैनौँ । २१ औँ शताब्दीमा पनि हामी छुवाछुत भनेर मानिरहेका छौँ यसरी कसरी नागरिकलाई समानता प्रदान गर्न सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण