मकवानपुर जिल्ला लिग फुटबल भदौ ७ गतेबाट
हेटौँडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी भदौ ७ गतेबाट हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको शनिबार बसेको कार्यसमितिको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताको भदौ ७ गतेबाट गर्ने निर्णय गरेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।
आर्थिक वर्ष २०८०।८१ मा एन्फा मकवानपुरमा नवीकरण गरेका क्लबले जिल्ला लिग प्रतियोगितामा सहभागिता जनाउने महासचिव सुवेदीले बताए । प्रतियोगितामा २८ वटा क्लबबाट ३५ बर्ष भन्दा कम उमेर समूहका खेलाडीहरु सहभागी हुन पाउने उनले बताए ।
बैठकले प्रतियोगिता दुईवटा खेलमैदानमा खेलाउने निर्णय गरेको छ । हेटौंडा–११, थानाभ-याङस्थित खेलमैदान र हेटौँडा–६ स्थित गौरिटार रंगशाला र हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामध्ये दुई वटा खेलमैदानमा लिगका खेलहरु खेलाइने महासचिव सुवेदीले बताए ।
जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमले असोज महिनामा हुने बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछन् । २०७६ सालको कोरोनापछि हालसम्म जिल्ला लिग आयोजना हुन सकेको छैन । त्यसलाई एन्फा मकवानपुरले निरन्तरता दिन लागेको हो ।
प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यसअघि भएको मकवानपुर जिल्ला लिगको उपाधि न्यु डाँफे यूथ क्लबले जितको थियो भने हटिया स्पोटर्स एकेडेमी उपविजेता बनेको थियो ।
प्रतियोगिताको खेल तालिका केही दिनमा सार्वजनिक गरिने जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिता आयोजनाका लागि १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण