बेल्जियन स्ट्राइकर लुकाकुलाई भित्र्याउने नापोलीको योजना
काठमाडौँ । इटालियन सिरिए क्लब नापोलीले चर्चित फुटबलर रोमेलु लुकाकुलाई भित्राउने तयारी अगाडि बढाएको छ । ३१ वर्षीय बेल्जियन स्ट्राइकर लुकाकुलाई क्लबमा आबद्ध गर्न नापोलीले इङ्लिस क्लब चेल्सीसँग छलफल पनि अगाडि बढाएको छ ।
लुकाकु हाल चेल्सीमा आबद्ध छन् । तर, चेल्सीले उनलाई ऋणमा इटालियन क्लब इन्टर मिलान हुँदै रोमामा पठाएको थियो । चेल्सीले भने २५ वर्षीय नाइजेरियन स्ट्राइकर भिक्टर ओसिमहेनसँग लुकाकुलाई सट्टापट्टा गर्न चाहेको छ ।
भिक्टर सन् २०२० देखि नापोलीबाट खेल्दै आएका छन् । यही साता लुकाकु चेल्सीको ट्रेनिङ क्याम्पमा नियमित अभ्यासमा फर्किएका छन् । त्यसअघि उनले इन्टर र रोमाबाट खेलेका थिए । चेल्सीसँग लुकाकुको सम्झौता अवधि अझै दुई वर्ष बाँकी छ ।
लुकाकुले सन् २०२१ मा चेल्सीसँग कीर्तिमानी नौ करोड ७५ लाख पाउण्डमा सम्झौता नविकरण गरेका थिए । लुकाकु पनि नापोलीमा आबद्ध हुन इच्छुक देखिएका छन् । अर्कोतिर, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) नापोलीबाट भिक्टरलाई भित्राउने योजनामा देखिन्छ । यस विषयमा पीएसजीले नापोलीसँग प्रस्ताव पनि राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण