फुड प्वाइजनिङका कारण टिकटक मुख्यालयमा कार्यरत दर्जनौँ कर्मचारी बिरामी
सिङ्गापुर । चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बाइटडान्सको सिंगापुरस्थित मुख्यालयमा काम गर्ने दर्जनौँ कर्मचारी बिरामी परेका छन् । फुड प्वाइजनिङका कारण सो कार्यालयमा कार्यरत झन्डै ६० जना कर्मचारीहरू बिरामी परेको बताइएको छ ।
सिंगापुरको स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् । मंगलबार ६० जनामा पेटसम्बन्धी समस्या देखिएको छ । जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल नै भर्ना गर्नु पर्यो । कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको बाइट डान्सले जनाएको छ ।
बाइटडान्सका कार्यालयहरूमा आफ्नै क्यान्टिन छैनन् । कर्मचारीलाई खुवाउन बाहिरबाट खानेकुरा ल्याइन्छ । एक्कासि कर्मचारीहरू बिरामी पर्न थालेपछि उनीहरूलाई अस्पताल पुर्याउन १७ वटा एम्बुलेन्स कम्पनीको मुख्यालयमा पठाइएको थियो ।
आफूहरू कामदारका स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको अनि प्रभावित कामदारहरूलाई सहयोग गर्न तत्काल कदम चालेको बाइटडान्सका एक प्रवक्ताले बीबीसीलाई भनेका छन् । यस विषयमा अनुसन्धान भइरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण