श्रीमतीलाई खोलाले बगायो, श्रीमान्को घाइते अवस्थामा उद्धार
बुधबार, १६ साउन २०८१, १४ : ५३

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका-३ माहादेवास्थित मानखोलाले बुधबार एक जना महिलालाई बगाएको छ । श्रीमान् र श्रीमती दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको हो भने श्रीमान्को भने घाइते अवस्थामा उद्धार गरिएको छ ।
खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाबाट खटिएका १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले श्रीमान् जागु थारुलाई घाइते अवस्थामा उद्धार गरेको थियो । श्रीमती पार्वती थारुलाई खोलाले बगाई बेपत्ता बनाएको प्रहरीको भनाई छ ।
उनको खोजी कार्य भइरहेको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घाइते जागुलाई मेडिकल कलेज कोहलपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट