श्रीमतीलाई खोलाले बगायो, श्रीमान्को घाइते अवस्थामा उद्धार
बुधबार, १६ साउन २०८१, १४ : ५३
बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका-३ माहादेवास्थित मानखोलाले बुधबार एक जना महिलालाई बगाएको छ । श्रीमान् र श्रीमती दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको हो भने श्रीमान्को भने घाइते अवस्थामा उद्धार गरिएको छ ।
खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाबाट खटिएका १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले श्रीमान् जागु थारुलाई घाइते अवस्थामा उद्धार गरेको थियो । श्रीमती पार्वती थारुलाई खोलाले बगाई बेपत्ता बनाएको प्रहरीको भनाई छ ।
उनको खोजी कार्य भइरहेको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घाइते जागुलाई मेडिकल कलेज कोहलपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण