राप्रपाका जिल्ला अध्यक्षहरूको भेला हुँदै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला यही साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरूले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति तथा जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने साथै २०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि कस्तो रणनीति तय हुने भन्ने विषयमा पनि छलफल हुने सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।
उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरूलाई निर्देशन गर्ने छन् भने पार्टीका पूर्वअध्यक्ष पशुपति शमसेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रमसमेत रहेको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले कच्चा तेलको मूल्यमा ब्यारेलमै ११ डलर घटायो
-
सिरहाबाट ३४ लाखको भन्सार छलिका सामान बरामद
-
दान रकम हिनामिनाको आरोपपछि राम मन्दिरको व्यवस्थापनमा फेरबदल
-
५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण
-
ट्रम्पको आरोपपछि फिफाद्वारा रेफ्री क्लाउसको बचाउ
-
एक अमेरिकी सपनाको अवसान, बालोगुन विवादकै कारण अमेरिकाले सहानुभूति समेत गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण