साउदी अरबले कच्चा तेलको मूल्यमा ब्यारेलमै ११ डलर घटायो
रियाद । साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोले अगस्ट महिनाका लागि एसियाली बजारमा निर्यात हुने कच्चा तेलको आधिकारिक बिक्री मूल्य (ओएसपी)मा ऐतिहासिक कटौती गरेको छ ।
इरानसँगको युद्धपछि गुमेको बजार हिस्सा र निर्यात मात्रा पुनः बढाउने उद्देश्यले यस्तो निर्णय गरिएको ठानिएको छ । यद्यपिे कुवेत, इराक र संयुक्त अरब इमिरेट्स (यूएई)लगायत प्रतिस्पर्धी उत्पादकहरूले अझ बढी छुटमा तेल बिक्री गरिरहेकाले साउदीको यो कदम मात्र बजार हिस्सा फिर्ता लिन पर्याप्त नहुन सक्ने विश्लेषण गरिएको छ ।
अराम्कोले आफ्नो प्रमुख अरब लाइट कच्चा तेलको अगस्टको मूल्य क्षेत्रीय ओमान/दुबई सूचक मूल्यभन्दा प्रति ब्यारेल १ डलर ५० सेन्ट कम निर्धारण गरेको छ । यो जुलाईको मूल्यभन्दा ११ अमेरिकी डलर कम हो, जुन सन २००३ यताकै सबैभन्दा ठूलो कटौती मानिएको छ । यससँगै साउदी तेलको आधिकारिक बिक्री मूल्य जुन २०२० यताकै सबैभन्दा न्यून स्तरमा पुगेको छ । त्यतिबेला कोभिड–१९ महामारीका कारण विश्वभर तेलको माग घट्दा बजारमा तेल छेलोखेलो थियो ।
बजारमा अहिले अमेरिका–इरान युद्ध अन्त्य भएसँगै तेलको आपूर्ति बढ्ने अपेक्षा गरिएको छ । यद्यपि दुवै देशबिच स्थायी सम्झौता अझै नभएकाले अवस्था पूर्ण रूपमा स्थिर भइसकेको छैन । साउदी अरब तथा अन्य पश्चिम एशियाली उत्पादकहरूले स्टे«ट अफ होर्मुज खुला रहने र जहाज आवतजावत निरन्तर हुने अनुमानका आधारमा उत्पादन तथा निर्या रणनीति अघि बढाइरहेका छन् ।
चीनसाउदी तेलको सबैभन्दा ठूलो बजार हो । तर पछिल्ला महिनामा चीनमा साउदीको बजार हिस्सा उल्लेखनीय रूपमा घटेको छ । जुलाईमा चीनले साउदीबाट दैनिक करिब ७ लाख ५ हजार ब्यारेल तेल आयात गर्ने अनुमान गरिएको छ । यो जुनको ६ लाख २६ हजार ३०० ब्यारेलभन्दा बढी भए पनि इरान युद्धअघि दैनिक औसत १४ लाख ८० हजार ब्यारेलको तुलनामा आधाभन्दा कम हो ।
इरान युद्धका क्रममा स्ट्रेट अफ होर्मुजबाट इन्धन प्रवाह ठप्प हुने जोखिम बढेपछि अराम्कोले मूल्य निकै बढाएको थियो । त्यसबेला अरब लाइटको मूल्य क्षेत्रीय सूचकभन्दा प्रति ब्यारेल १९ डलर ५० सेन्ट धेरै थियो, जसले एसियाली प्रशोधन कम्पनीहरूको लागत उल्लेखनीय रूपमा बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण