शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउँदा पीडितमैत्री हुनुपर्छ : उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताएका छन् ।बुधबार ललितपुरमा प्रकाश काफ्लेको ३२ औँ स्मृति दिवस एवं ३० औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री पौडेल शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए । उनले अझैपनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम बाँकी रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, राजनीतिक दलहरू, मानवअधिकार कर्मी, आम नागरिकहरूको काँधमा रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितको पक्षपोषण हुनेगरी टुंग्याउनुपर्ने बताए । उनले सरकार सोही दृष्टिकोणका साथ अघि बढिरहेको पनि बताए । हिंसा र द्वन्द्वको असरलाई सधैँका निम्ति समाप्त गर्ने हिसाबले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रधानमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताए । उनले परिस्थितिअनुकुल मानव अधिकारका एजेण्डाहरुलाई अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण