बेलायती राजाका लागि ‘लब्ष्टर’ भोजमा फ्रान्सले गर्यो साढे ४ लाख यूरो खर्च
पेरिस । बेलायती राजा चाल्र्स तृतीयका लागि भव्य ‘लब्ष्टर’ (एक प्रकारको झिँगे माछा) डिनरको आयोजना गर्दा फ्रान्सको राष्ट्रपति निवासले साढे ४ लाख यूरो खर्च गरेको छ । त्यहाँको लेखापरीक्षणको कार्यालयको हालै सार्वजनिक गरेको एउटा प्रतिवेदनले यस्तो देखाएको हो ।
सप्टेम्बरमा चाल्र्स फ्रान्स जाँदा इम्यानुएल म्याक्रोँले उनको भव्य स्वागत गरेका थिए । राजाको स्वागतमा म्याक्रोँको कार्यालयले निलो लब्ष्टर, गगँटाका परिकारसहित महँगा रक्सी र डेजर्ट पस्किएको थियो ।
राष्ट्रपतिको खर्चबर्चसम्बन्धी वार्षिक प्रतिवेदनले राजकीय अतिथिको सम्मानमा धेरै खर्चका कारण राष्ट्रपति कार्यालयको बजेट ८३ लाख यूरो घाटा गएको बताएको छ । चाल्र्सको स्वागतमा आयोजना गरिएको भोजमा भएको खर्चमध्ये १ लाख ६५ हजार यूरोभन्दा बढी क्याटरिङमा मात्रै खर्च भएको थियो । अर्को ४० हजार यूरो रक्सी र पेय पदार्थमा खर्च भएको थियो । सो भोजमा अभिनेता ह्युज ग्रान्ट, फूटबल क्लबका म्यानेजर आर्सेन वेन्ङगर, रोलिङ स्टोनका माइक ज्यागर जस्ता हाई–प्रोफाइल व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
त्यतिबेला चाल्र्स फ्रान्सको तीन दिने राजकीय भ्रमणमा आएका थिए । सोही अवसरमा म्याक्रोँले भर्सिलिसको दरबारमा विलासी भोजको आयोजना गरेका थिए । प्रतिवेदनमा चाल्र्सको भ्रमणको मात्रै उल्लेख छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२३ को जुलाईमा फ्रान्स भ्रमणमा गएको बेलामा पनि म्याक्रोँको कार्यालयले ४ लाख १२ हजार डलर यूरोकाे भव्य भोजको आयोजना गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राजकीय अतिथिहरूको आतिथ्यमा १४ प्रतिशत बढी खर्च भएको प्रतिवेदनले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण