अमेरिका र रुस कैदी आदानप्रदान गर्न सहमत
वासिङ्टन । जो बाइडेन प्रशासन रुससँग कैदी आदानप्रदान गर्न सहमत भएको छ । यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकको रिहाइको विषयमा छिट्टै निर्णय हुने अपेक्षा गरिएको छ ।
अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएसको रिपोर्ट अनुसार अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले रुसमा थुनिएका बन्दीहरूमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, मरिन पल वेलान र रुसी(अमेरिकी रेडियो पत्रकार आल्सु कुर्मशेवा रहेको पुष्टि गरेका छन्।
वेलान र गेर्शकोविच दुवै जासुसीको आरोपमा रुसमा जेल परेका थिए। अमेरिकाले यी गिरफ्तारीको विरोध गर्दै आएको छ । कुर्मशेवा भने एक अमेरिकी(रुसी नागरिक हुन् । उनलाई रुसी सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा जुन २०२३ मा रुसमा हिरासतमा राखिएको थियो।
संयुक्त राज्य अमेरिका, रुस, जर्मनी र अन्य तीन युरोपेली देशहरूबिच भएको यो सम्झौताअनुसार कुल २४ जनालाई रिहा गरिने छ । जसमा रुसमा बन्दी रहेका कम्तीमा १२ जनालाई जर्मनीमा रिहा गर्ने अपेक्षा गरिएको छ ।
बुधबार रुसी कैदीहरूको आवागमनको बारेमा सोध्दा परराष्ट्र मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘म अहिले अनुमान गर्न चाहन्न। म यति मात्र भन्न सक्छु कि अमेरिका गलत तरिकाले थुनिएका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन तयार छ।’
अमेरिका र रुसबिच कैदीको सबैभन्दा ठुलो आदानप्रदान सन् २०१० मा भएको थियो । त्यतिबेला रुसका लागि जासुसी गरेको आरोपमा अमेरिकामा १० जना पक्राउ परेका थिए। त्यसपछि यी १० कैदीलाई भियना विमानस्थलमा अन्य चार बन्दीसँग साटासाट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण