मन्त्री चौधरीको अध्यक्षतामा युवा दिवस मूल समारोह समिति
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको छ ।
आज युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले दिवस मनाउनका लागि उनको अध्यक्षतामा तीन सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस आगामी साउन २८ गते मनाइँदैछ ।
उनका अनुसार समितिको सदस्यमा मन्त्रालय सम्वद्ध निकायका कार्यकारी प्रमुख, संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका प्रतिनिधि, प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सबै प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवाअन्तर्गत सङ्घसंस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटलगायत छन् । परिषद्का कार्यकारी उपाध्यक्षले बस्नेतले युवा दिवस साताव्यापी रुपमा मनाइने बताए ।
उनका अनुसार साताभरि युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपण कार्यक्रम गरिने छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण