राजीनामा दिने तयारीमा मुख्यमन्त्री सोडारी
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिने तयारी गरेका छन् । विश्वासको मत लिने र त्यसपछि राजीनामा दिने तयारी गरेका मुख्यमन्त्री सोडारीले संसद् चल्ने अवस्था नभएपछि सोझै पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीले संसद् चल्ने अवस्था नभएपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेको जानकारी दिए । कांग्रेस र एमाले स्रोतका अनुसार मुख्यमन्त्री सोडारी विश्वासको मतका लागि आह्वान गरिएको संसद् बैठकमा सहभागी नहुने भएका छन् ।
४ बजे बोलाइएको संसद् बैठकमा घण्टी बजे पनि कांग्रेस र एमालेका कुनै पनि सांसद भित्र पसेका छैनन् । सभामुख भीमबहादुर भण्डारीले १४ जना प्रदेशसभा सदस्य सहभागी भए बैठक बस्ने बताए । तर १४ जना नपुगेको अवस्थामा नबस्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण