अलैँचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो
इलाम । इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको हो ।
देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए । केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैँची बिरुवा लगिएका छन् । केन्द्रले रामसाही र गोलसाही जातको अलैँचीका बिरुवा उत्पादन गरी बेचेको परियारले जानकारी दिए ।
अलैँची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैँचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ ।
‘पछिल्लो समय अलैँची (फल)को उच्च मूल्यमा कारोबार भएपछि किसानले अहिले बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन् । अलैँची अहिले ८५ हजार रुपैयाँ प्रतिमनले कारोबार भइरहेको छ । गएको आर्थिक वर्ष ०८०।०८१ मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको अलैँची निर्यात भएको केन्द्रले जनाएको छ । देशको १७ हजार चार हेक्टरमा अलैँची खेती भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण