नवलपरासीमा ३३ लाख बराबरका अवैध मोबाइल बरामद

बुटवल । सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा ३३ लाख बराबरकाे मोबाइल बरामद गरेको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका- ४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएको गस्ती टोलीले आज ८८ थान मोबाइल बरामद गरेको हो ।
भारतीय मोटरसाइकलमा चढेर आएका व्यक्तिले झोलामा राखेर लैजाँदै गरेको मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी दिए ।
बरामद गरिएका मोबाइलमा ४० थान आईफाेन र ४८ थान पाेकाे नामक ब्रान्डका रहेका छन् । बरामद भएका मोबाइलको मूल्य ३२ लाख ७० हजार रहेको छ । बरामद मोबाइल र माेटरसाइकललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।
कारोबारमा संलग्न व्यक्ति भने गस्ती टोलीले घेरा हाल्ने सङ्केत पाएपछि झोलासहितको मोटरसाइकल छाडेर भागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्ष भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ
-
अनेमसंघ (समाजवादी) को अध्यक्षमा सिग्देल चयन
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल