काभा महिला भलिबल : आज नेपाल र इरानबिच प्रतिस्पर्धा
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।
नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ ।
इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यसहित मैदान प्रवेश गर्नेछ ।
लिगमा २ खेलबाट ५ अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान पनि ५ अङ्कमा तेस्रो स्थानमा छ ।
समान ३ खेल खेलेको भारत ७ अङ्कमा तालिकाको शीर्ष स्थानमा छ।
२ खेलबाट १ अंक बनाएको श्रीलङ्का चौथो र त्यति नै खेलबाट अंकविहीन मालदिभ्स भने अङ्कतालिकाको पुछारमा छ ।
नेपालले लिग चरणको पहिलो खेलमा श्रीलङ्कालाई सोझो सेटमा पाखा लगाएको थियो । दोस्रो खेलमा भने शनिबार भारतलाई ३–२ को सेटमा हराएको थियो ।
इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलङ्कामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण