डेंगु स्क्रिनिङ्गका लागि १७ हजार किट वितरण
सोमबार, २१ साउन २०८१, १२ : ०३
काठमाडौँ । प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो ।
गत वर्ष डेंगु रोगको स्क्रिनिङ्गका लागि ४६ हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको थियो । यो वर्ष श्रावण महिनामा १७ हजार किट वितरणको लागि जिल्लाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ ।
सरकारी पछिल्लो तथ्यांक अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका २ हजार ६१ जनामा डेंगु सङ्क्रमण देखिएको हो । सङ्क्रमण फैलिएपनि डेंगुका कारणले हालसम्म कसैको पनि निधन भएको छैन ।
डेंगु नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्न कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण