डेंगु स्क्रिनिङ्गका लागि १७ हजार किट वितरण
सोमबार, २१ साउन २०८१, १२ : ०३

काठमाडौँ । प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो ।
गत वर्ष डेंगु रोगको स्क्रिनिङ्गका लागि ४६ हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको थियो । यो वर्ष श्रावण महिनामा १७ हजार किट वितरणको लागि जिल्लाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ ।
सरकारी पछिल्लो तथ्यांक अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका २ हजार ६१ जनामा डेंगु सङ्क्रमण देखिएको हो । सङ्क्रमण फैलिएपनि डेंगुका कारणले हालसम्म कसैको पनि निधन भएको छैन ।
डेंगु नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्न कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म