५ जना मृत अवस्थामा फेला
सोमबार, २१ साउन २०८१, १२ : ५०

काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- इलाम, इलाम नगरपालिका-६ सिङफिरिङ बस्ने ४९ वर्षीय डम्बर बहादुर थापा सोही नगरपालिका-८ स्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार दिउँसो घरबाट हिँडेका उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- प्युठान, प्युठान नगरपालिका-२ आर्नेटा मसेरी बस्ने ५२ वर्षीय भक्त बहादुर विष्ट सोही ठाउँस्थित आफ्नै दाइको घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, तेमाल गाउँपालिका-८ भर्याङ् बस्ने ५५ वर्षीय शम्भु बहादुर विक सोही ठाउँस्थित बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- धादिङ, गल्छी गाउँपालिका-६ महेशदोभानस्थित बन्द अवस्थामा रहेको ग्यारेजमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- बाँके, कोहलपुर नगरपालिका-२ स्थित सालको बुटा नजिकै रहेको घरको आँगनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?