५ जना मृत अवस्थामा फेला
सोमबार, २१ साउन २०८१, १२ : ५०
काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- इलाम, इलाम नगरपालिका-६ सिङफिरिङ बस्ने ४९ वर्षीय डम्बर बहादुर थापा सोही नगरपालिका-८ स्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार दिउँसो घरबाट हिँडेका उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- प्युठान, प्युठान नगरपालिका-२ आर्नेटा मसेरी बस्ने ५२ वर्षीय भक्त बहादुर विष्ट सोही ठाउँस्थित आफ्नै दाइको घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, तेमाल गाउँपालिका-८ भर्याङ् बस्ने ५५ वर्षीय शम्भु बहादुर विक सोही ठाउँस्थित बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- धादिङ, गल्छी गाउँपालिका-६ महेशदोभानस्थित बन्द अवस्थामा रहेको ग्यारेजमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- बाँके, कोहलपुर नगरपालिका-२ स्थित सालको बुटा नजिकै रहेको घरको आँगनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण