नेप्से ४०.७६ अंकले वृद्धि, करिब २२ अर्बको कारोबार
काठमाडौँ । आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४०.७६ अंकले वृद्धि भएको छ । १.४७ प्रतिशतले बढेर सोमबार दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।
सोमबार तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूहको उपसूचक सोमबार सबैभन्दा बढी ६ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूह तीन दशमलव ०९, लगानी तीन दशमलव ५२, जीवन बीमा तीन दशमलव २३, जीवन बीमा एक दशमलव २५, व्यापार पाँच दशमलव ७० र अन्य समूह पाँच दशमलव ७३ प्रतिशतले बढेको छ । अरू समूहको उपसूचक भने रातो देखिएको छ ।
८ वटा कम्पनीको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेड, सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने सोमबार नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २६ करोड चार लाख ८८ हजार सात सय ७२ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण