बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सोमबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४ औँ बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् ।
महोत्तरी, बाँके, कास्की, संखुवासभा, कञ्चनपुर, भोजपुर चितवनलगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय निकाल्न उनले जोड दिए ।
यस्तै गृहमन्त्री लेखकले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा कार्यविधि २०८१’ बनाउँदा विदेशी संस्थाबाट लिने साहयता र राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर बन्न निर्देशन दिए ।
‘विपद्मा साहयता लिने कुरामा विदेशी संस्थाहरूको वान डोर इन्ट्री होस् । उहाँहरुबाट चाँडोभन्दा चाँडो सहयोग लिन सकियोस् । कुनै पनि विदेशी संस्थाले हामी कहाँ काम गर्छ भने त्यो संघको जानकारीमा हुनुपर्यो,’ उनले भने, ‘वान डोरबाट जानुपर्यो भन्ने मलाई लाग्छ । कार्यविधि बनाउँदा यतातिर गम्भीरतापूर्वक हेर्नु होला । साथै यसमा राष्ट्रिय सुरक्षाको विषय पनि अत्यन्त संवेदनशील ढंगले जोडिने गर्छ । त्यसलाई पनि ध्यान दिनुपर्ला ।’
गृहमन्त्री लेखकले आगामी दिनमा कार्यसमिति बैठकमा दैनिक प्रशासनीय विषय भन्दा नीतिगत विषयलाई एजेण्डा बनाउन निर्देशन दिए ।
बैठकमा उठेका विषयको कार्यान्वयनमा गम्भीरताका साथ लाग्न पनि गृहमन्त्री लेखकको निर्देशन थियो । प्राधिकरणले बैठकमा २०८१ को मनसुनले पारेको प्रभावबारे जानकारी गराइएको थियो ।
गृहमन्त्री लेखकको अध्यक्षमा बसेको बैठकमा विभिन्न मन्त्रालयका सचिव, तीन वटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण