बंगलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि सक्रिय रुपमा लाग्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् ।
मन्त्री डा.राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् । त्यसअवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि जानकारी गराएका मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री डा.राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावाासलाई निर्देशन दिइन् । ढाकास्थित नेपाली दूतावासले बङ्गलादेशमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम् सतर्कता अपनाउन आज सूचना जारी गरेको छ ।
सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका र हाल त्यहाँ करिब चार सय विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ । सो सूचनामा नेपाल फर्कन चाहनेहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूताबासको सम्पर्क ठेगाना पनि दिइएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली