चलचित्र क्षेत्रको हितमा काम गर्छु – मन्त्री श्रेष्ठ
काठमाडौँ । बागमती प्रदेशका नव नियुक्त मन्त्री मधुकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । अभिनेता तथा निर्माता समेत रहेका श्रेष्ठ फिल्म क्षेत्रबाट मन्त्री हुन सफल भएको भन्दै नेपाल फिल्म सोसाइटीले एक कार्यक्रम गर्दै उनलाई सम्मान गर्दै सफल कार्यकालको शुभ–कामना दिएको हो ।
चलचित्र सङ्घ विशाल नगरमा आयोजित कार्यक्रममा उनलाई सोसाइटीका अध्यक्ष कृष्ण मल्लले खादा, मालाबाट सम्मान गरेका थिए ।
कार्यक्रममा मन्त्री श्रेष्ठले चलचित्र क्षेत्रको प्रगतिका लागि विगत झैँ सक्रिय भएर क्रियाशील रहने बताए ।
त्यस्तै, फिल्म सोसाइटीका अध्यक्ष अभिनेता कृष्ण मल्लले चलचित्रकर्मी राष्ट्र निर्माणमा पनि सक्षम छन् भनेर मन्त्री श्रेष्ठले देखाएको बताए । मल्लले अन्य मन्त्रीहरू भन्दा अब्बल काम गरेर देखाउन श्रेष्ठलाई सुझाव दिए ।
चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, चलचित्र सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल काजी कायस्थ, कलाकार रमेश उप्रेती, कृष्ण ढुङ्गानालगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण