इजरायलमाथि हमासले गरेको आक्रमणमा यूएनका ९ कर्मचारीको संलग्नता
तेल अभिभ । अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा संयुक्त राष्ट्र संघका नौ कर्मचारीहरू संलग्न रहेको हुन सक्ने समाचारमा जनाइएको छ । सो घटनामा १ हजार २०० जनाको ज्यान गएको थियो ।
यस मामिलामा लामो समयसम्म छानबिनपछि सो हमलामा प्यालेष्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघको निकाय (यूएनआरडब्ल्यूए)का नौ जना कर्मचारी संलग्न रहेको हुन सक्ने एउटा आन्तरिक अनुसन्धानले देखाएको हो । गाजामा यूएनआरडब्ल्यूएका १४ हजार कर्मचारी कार्यरत छन् ।
सो घटनामा यूएनआरडब्ल्यूएका कर्मचारी संलग्न रहेको इजरायलले आरोप लगाएपछि जनवरीमा यो अनुसन्धान शुरु गरिएको थियो । आरोपीहरूसँग यूएनका अनुसन्धानकर्ताहरू कुराकानी हुन नसकेको तर केहीले भने लिखित प्रश्नको उत्तर दिएको बताइएको छ ।
यी नौ जनामध्ये केहीलाई जनवरीमै बर्खास्त गरिएको थियो । बाँकीलाई भने यही गर्मीयाममा जागिरबाट निकालिएको थियो । अक्टोबर ७ को हमलाको तयारीमा कूल १९ जना कर्मचारीले सघाएको आरोप इजरायलले लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण