ढलमा छिरेर बेपत्ता महिला मृत फेला
मङ्गलबार, २२ साउन २०८१, १३ : ४५
काभ्रे । काभ्रेको धुलिखेलमा ढलमा परेर बेपत्ता भएकी एक महिला मृत फेला परेकी छिन् । मंगलबार धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरमा रहेको ढलमा परेर बेपत्ता भएकी भगवती भागदास मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार बिहान १०ः४५ बजेको समयमा श्रीखण्डपुरमा रहेको ढलको मकलमा परेर रामेछाप खाडादेवी गाउँपालिका–३ घर भई हाल पनौती नगरपालिका– ५ नैकिनटार बस्ने वर्ष ५० की भागदास बेपत्ता भएकी थिइन् ।
ढलमा परेर बेपत्ता भएकी भागदासको खोजतलास गर्ने क्रममा बिहान ११ः३५ बजे करिव ३०० मिटर तल शवफेला परेको प्रहरीले बताएको छ ।
उक्त ढलले बगाएर ३०० मिटर तल खेतमा तैरिएको अवस्थामा भागदासको शव फेला परेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण