समाचार
अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण
बुधबार, २३ साउन २०८१, १७ : ४७

बाँके । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आपत्कालीन अवतरण गरिएको छ। आज दिउँसो साढे ४ बजे बैतडीका लागि उडेको उक्त हेलिकप्टरलाई मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वडा १ को बगरमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले रातोपाटीलाई बताए ।
काठमाडौँबाट नेपालगन्ज लागि उडेको उक्त हेलिकप्टर नेपालगन्जपछि बैतडी जाने योजना रहेको समेत उनले खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता