ललितपुरसहित विभिन्न स्थानमा ७ जना मृत फेला
बुधबार, २३ साउन २०८१, २० : ५८

काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारी मन्दिरको पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- रुकुम पश्चिम, सानिभेरी गाउँपालिका-४ लामचौर बस्ने ४९ वर्षीया सुशीला मल्ल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परकी छिन् ।
- रुपन्देही, सिद्धार्थनगर नगरपालिका-४ सुगरमिल बस्ने ५५ वर्षीय दया शंकर गुप्ता आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- कालिकोट, तिलागुफा नगरपालिका-८ घोडागैरा बस्ने २५ वर्षीया सम्झना चौलागाई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
- नवलपरासी पूर्व, कावासोती नगरपालिका-४ हसौरा बस्ने रामजी ढुङ्गानाको छोरा साढे २ वर्षको सुवास ढुङ्गाना सोही नगरपालिका-४ तिलाहस्थित हसौरा खोला किनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबारदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- कैलाली, धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटान बस्ने ५३ वर्षीय बिन्दु चौधरी सोही ठाउँस्थित सुकुटी खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुकी बजारतर्फ गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- रौतहट, गरूडा नगरपालिका-९ सिस्वाधमौरा बस्ने जितेन्द्र दासकी छोरी १० वर्षीया प्रिन्जमा कुमारी दास सोही ठाउँस्थित डोरा खोलामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सोमबार दिउँसो डुबेर बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप