ललितपुरसहित विभिन्न स्थानमा ७ जना मृत फेला
बुधबार, २३ साउन २०८१, २० : ५८
काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारी मन्दिरको पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- रुकुम पश्चिम, सानिभेरी गाउँपालिका-४ लामचौर बस्ने ४९ वर्षीया सुशीला मल्ल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परकी छिन् ।
- रुपन्देही, सिद्धार्थनगर नगरपालिका-४ सुगरमिल बस्ने ५५ वर्षीय दया शंकर गुप्ता आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- कालिकोट, तिलागुफा नगरपालिका-८ घोडागैरा बस्ने २५ वर्षीया सम्झना चौलागाई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
- नवलपरासी पूर्व, कावासोती नगरपालिका-४ हसौरा बस्ने रामजी ढुङ्गानाको छोरा साढे २ वर्षको सुवास ढुङ्गाना सोही नगरपालिका-४ तिलाहस्थित हसौरा खोला किनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबारदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- कैलाली, धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटान बस्ने ५३ वर्षीय बिन्दु चौधरी सोही ठाउँस्थित सुकुटी खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुकी बजारतर्फ गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- रौतहट, गरूडा नगरपालिका-९ सिस्वाधमौरा बस्ने जितेन्द्र दासकी छोरी १० वर्षीया प्रिन्जमा कुमारी दास सोही ठाउँस्थित डोरा खोलामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सोमबार दिउँसो डुबेर बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण