प्यालेष्टिनी कैदीमाथि इजरायली सेनाले यौन दुर्व्यवहार गरेको मामिलामा अमेरिकाले के भन्यो ?
वासिङ्टन डीसी । इजरायली सेनाको कैदमा रहेको प्यालेष्टिनीहरूमाथि यौन दूर्व्यवहार गरेको आरोपमाथि इजरायलले पूरा छानबिन गर्नु पर्ने अमेरिकाले बताएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बुधबार यस्तो बताएका हुन् । दुर्व्यवहार गर्नेहरूमाथि शून्य सहनशीलता देखाउन पनि उनले भनेका छन् ।
इजरायलको च्यानल१२ मा प्रसारण भएको एउटा भिडियोमा सैनिकहरूले बन्दीलाई सर्भिलियन्स क्यामराले देखिने ठाउँबाहिर लगेको देखिन्छ । सो भिडियोको समीक्षा गर्ने क्रममा सैनिकहरूले बन्दीमाथि दुर्व्यवहार गरेको निष्कर्ष निकालिएको थियो । आफूहरूले भिडियो हेरेको र बन्दीहरूको यौन दुर्व्यवहार भएको खबर भयानक भएको पनि मिलरले बताए ।
यस मामिलामा इजरायल सरकार र इजरायली रक्षा बल (आईडीएफ)ले पूरै छानबिन गर्नु पर्ने उनको भनाइ छ । बन्दीमाथि दुर्व्यवहार, बलात्कार जस्ता मामिलामा शून्य सहनशीलता देखाउनु पर्नेमा उनले जोड दिएका छन् । प्यालेष्टिनी बन्दीहरूको बलात्कार, उत्पीडन र दुर्व्यवहारका खबरहरू निकै चिन्ताकारी भएको ह्वाइट हाउसले पनि भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोपाइँ गर्दै ‘हली’ युनिटले मनायो धान दिवस
-
चेतना पौडेल पक्राउ प्रकरण : विवादको कडी के हो ?
-
इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने
-
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
-
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण