सक्षम एक्सिलिरेटर एण्ड मेन्टरसिप प्रोग्रामको विजेता घोषणा
काठमाडौँ । एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सम्पन्न गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्दछ ।
सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौँ, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रोचक विचार र व्यावसायिक योजनाका प्राप्त भएको थियो ।
आवेदकहरूका नवीन विचारहरू र सफलताको सम्भावनाको आधारमा १० असाधारण फाईनलिस्टहरू सावधानीपूर्वक चयन गरिएका थियो । फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौँ), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनोट भएका थिए ।
कार्यक्रमभर फाइनलिस्टहरुले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सम्मानित सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेशनहरुमा भाग लिएका थिए । सहभागीहरूले आफ्ना विभिन्न नवीन, समसामयिक र प्रतिभाशाली अवधारणाहरू र व्यावसायिक योजनाहरू कुशल व्यवसायीहरूको प्रतिष्ठित निर्णायक मण्डल समक्ष प्रस्तुत गरेका थिए ।
जजहरूको प्यानलमा ब्लिट्ज मिडिया प्रा।लि की फाउण्डर र म्यानेजिङ्ग डाईरेक्टर र स्टार्ट–अप र इनोभेसन फोरम, एफएनसीसीआईकी चेयरपर्सन, जुना माथेमा, हर्वेद बोटानिकलकी फाउण्डर, डा.प्रतिभा पाण्डे र कोका–कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेशन एण्ड सस्टेनेबिलिटि डाईरेक्टर स्नेह राजभण्डारी थिए ।
निर्णायकहरु द्वारा गहन मूल्याङ्कन पछि, रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, श्रेया मल्ल र शालु थापाको नेतृत्वमा रहेको पाल र प्रतिमा बस्याल र प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो । साथै प्रत्येक व्यवसायले रु १,००,००० को नगद पुरस्कार प्राप्त गरेका थिए ।
नगद पुरस्कार र प्रमाणपत्र कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ, कोका–कोलाका अन्य अधिकारीहरू र एटेलियर प्लेटफर्म प्रा।लि कि संस्थापक रितु गुरुङ केसीले प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण