क्रसर नवीकरण समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले आफ्ना उद्योगहरूको नवीकरणमा भइरहेको समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।
महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिहरू सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दर्ता भएका सात सय क्रसर तथा बालुवा उद्योगहरूको समस्या समाधान गर्न विगतकै मापदण्डका आधारमा उद्योग नवीकरण गराउन माग गरेका हुन् । उनीहरूले वातावरणसम्बन्धी मापदण्ड २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड २०७१ का आधारमा उद्योगहरू सञ्चालन भएको भन्दै २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासङ्घले जनाएको छ ।
महासङ्घले उद्योगहरूको नवीकरण नहुँदा करिब रु चार अर्ब लगानी डुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण