अनधिकृत रुपमा सञ्चालन गरिएको क्लिनिकमा सिलबन्दी
स्वर्गद्वारी । प्युठानमा अनधिकृत रुपमा सञ्चालन गरिएको स्वास्थ्य क्लिनिकमा सिल गरिएको छ । आज सरुमारानी गाउँपालिका क्षेत्रमा भएको बजार अनुगमनका क्रममा भेटिएको अनधिकृत क्लिनिकमा सिलबन्दी गरिएको हो ।
सरुमारानी गाउँपालिका–४ बडडाडामा दर्ता नगरी सञ्चालनमा ल्याइएको शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिए । फार्मेसीका लागि इजाजत लिइएको शोभा फार्मेसीसँगै एक वर्षदेखि शोभा स्वास्थ्य क्लिनिक सञ्चालन गरेका थिए ।
“फार्मेसी वैधानिक भए पनि मेडिकल, ल्याब, आकस्मिक कक्ष, एक्स–रे सेवा अवैध देखियो”, शर्माले भने, “दर्तापश्चात् सञ्चालन गर्न दिनेगरी सिलबन्दी गरेका छौँ ।” फार्मेसी सिलबन्दी गरेपछि बिरामी जाँच सेवाका लागि भन्दै अवैध रुपमा प्रचार गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय र सरुमारानी गाउँपालिकाको संयुक्त अनुगमनबाट बडडाँडा बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका सामग्रीहरू विक्रीका लागि राखिएको पाइएको छ । चाउचाउ, कुरकुरे, बिस्कुट, खानतेले, सस, भेनेगर, वियरलगायत रु २८ हजार बराबरका सामग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
चाडपर्व सुरु हुन थालेसँगै बजार अनुगमन सुरु गरिएको छ । चाडपर्वमा अखाद्य वस्तुको प्रयोग हुनसक्ने भन्दै बजार अनुगमनलाई तीव्रता दिन थालिएको शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण