एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
मङ्गलबार, ०९ असार २०८३, २१ : ४९
सारांश
- नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी र पूर्वाग्रहप्रेरित रहेको निष्कर्ष निकालेको छ।
- मङ्गलबार साँझ बालकोटमा बसेको सचिवालय बैठकले पौडेललाई विनाशर्त रिहाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो।
- बैठकले पौडेललाई थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने माग न्यायोचित नभएको ठहर गरेको छ।
काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी भन्दै आग्रह पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको छ।
मङ्गलबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
‘उपाध्यक्ष पौडेलको पक्राउ गैरकानुनी र पुर्वाग्रहप्रेरित छ भन्ने बैठकले निष्कर्ष निकालेको छ’, नेता भट्टले रातोपाटीसँग भने, ‘आज जुन अदालतबाट जुन खालको अपेक्षा गरेका थियौ । उहाँलाई थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने होइन । त्यो न्यायोचित पनि होइन । विनाशर्त रिहाइ गर्नुपर्छ भन्ने बैठकको सार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण