गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
मङ्गलबार, २९ साउन २०८१, १३ : ४७
बार्सिलोना । गर्मीका कारण गएको वर्ष युरोपमा झन्डै ४८ हजार जनाको ज्यान गएको छ । सोमबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो
बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसार गर्मीले युरोपभरमा सन् २०२३ मा ४७ हजार ६९० जनाको मृत्यु भएको छ । गएको वर्ष युरोपमा निकै गर्मी भएको थियो । यसलाई तापमानसम्बन्धी रेकर्ड राख्नथालेयताकै सबैभन्दा गर्मी वर्ष भनिएको छ ।
मृत्युको मामिलामा सन् २०२२ झनै भयानक थियो । उक्त वर्ष त्यहाँ ६० हजार भन्दा धेरैले गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाएका थिए ।
प्रतिवेदनमा युरोपका ३५ देशको तापमान र मृत्युसम्बन्धी रेकर्डको विश्लेषण गरिएको थियो । गर्मीको जोखिम वृद्धवृद्धाहरुमा धेरै देखियो । गर्मीले दक्षिणी युरोप सबैभन्दा मारमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण