बुटवलमा स्कुटर दुर्घटना, एक किशोरको मृत्यु
मङ्गलबार, २९ साउन २०८१, १५ : ३३

बुटवल । बुटवल उपमहानगरपालिका-७ दिपनगरमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
दिपनगरकाे कमलपोखरीबाट हाटबजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा गुल्मीकाे मदाने गाउँपालिका-६ घर भई हाल बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवरको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुटवले दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय